नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं, १८ पुस । नबिल बैंकका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवामा छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबीच भएको समझदारीअनुसार १० प्रतिशतसम्म छुट दिने व्यवस्था  गरिएको हो ।

नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार, नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख छ ।

भिभान्ता होटलसँगको समझदारीले बैंकका ग्राहकले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले विश्वास लिएको छ ।  ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।