कुमारी बैंकले गर्यो १० लाखको बीमा रकम भुक्तानी
काठमाडौं, १८ पुस । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको जनाएको छ ।
खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो ।
कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रूपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा छ ।
कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि कुमारी परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ।
बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।