सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का, काठमाडौं पनि हल्लियो
काठमाडौं, १८ पुस । काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज (बिहीबार) दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।
यसअघि पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।