सिटिजन्स बैंक र हाथवे इन्भेष्टमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं १८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सिटिजन्स बैंक इनटरनेशनल र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
सिटिजन्स बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता र हाथवे इन्भेष्टमेन्टको २५ लाख ७४ हजार कित्ता गरी कुल ८२ लाख ५४ हजार ३८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सिटिजन्स बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत र हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस सेयर प्रदान गरेका थिए ।