आईसीएफसी फाइनान्सका ग्राहकलाई यती एयरबाट यात्रा गर्दा विशेष छुट
काठमाडौं, १८ पुस । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले यती एयरलाइन्सबाट यात्रा गर्दा छुट पाउने भएका छन् ।
आइसीएफसी र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइसिएफसिका ग्राहकहरुलाई यती एयरलाइन्सको हवाई टिकट खरिद गर्दा २ सय रुपैयाँ छुट प्राप्त गर्न सक्ने भएका हुन् ।
सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि यती एयरलाइन्सको कुनैपनि काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइसीएफसी को डेबिट कार्ड वा आइसीएफसीको मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो सम्झौताबाट आइ.सि.एफ.सि.का ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।