नेपाल लाइफको नयाँ म्यादी जीवन बीमा योजना, ६० वर्ष पुगेपछि १ करोड पाइने

नेपाल लाइफको नयाँ म्यादी जीवन बीमा योजना, ६० वर्ष पुगेपछि १ करोड पाइने

काठमाडौँ, २१ पुस । नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बिमा शुल्कमा सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले उक्त जीवन योजना ल्याएको जनाएको छ ।

कम्पनीले पुस १८ मा आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले योजना सार्वजनिक गरे । यो जीवन बिमा मुनाफामा सहभागी नहुने योजना रहेको कम्पनीले जनाएको छ । यसका न्यूनतम बिमांक रकम ५ लाख र अधिकतम बिमांक रकम १ करोड रुपैयाँ रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस योजनामा सहभागी हुन बिमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । यसैगरी बिमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुने र बिमा समाप्तिमा बिमितको अधिकतम उमेर ६० वर्ष रहेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।

योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ । यस योजनाअन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।