हेटौँडामा बढ्दै बाघ आतंक, स्थानीय त्रसित
हेटौँडा, २१ पुस । दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेपछि स्थानीयमा त्रासदी छाएको छ । स्थानीयका अनुसार, शनिबार राति गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको हो ।
नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजाल मार्फत जानकारी गराएका छन् ।
पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसंग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।