नेशनल बैंकिङ इन्स्टिच्युटले माग्यो भारी संख्यामा कर्मचारी

नेशनल बैंकिङ इन्स्टिच्युटले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं, २२ पुस । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना सार्वजनिक गर्दै जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि १२ कक्षामा ५० प्रतिशतत भन्दा बढी अंकले ल्याएर उत्तीर्ण गरेको हुनुपर्ने बताइएको छ । यस पदमा आवेदन दिनको लागि कुनै पनि प्रकारको अनुभव आवश्यक नरहेको संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले पुष २६ गतेभित्र आवश्यक कागजात तयार गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले सूचनामा उल्लेख गरेको छ ।