एकाविहानै नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं, २३ पुस । आज बिहानै काठमाडौंसहित विभिन्न ठाउँमा धक्का महसुस भएको भूकम्प नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा केन्द्रविन्दु बनाएर गएको पुष्टि भएको छ ।
उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको हो । विभागका अनुसार, बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो।
त्यसले नेपालका प्रायस् ठाउँमा धक्का महसुस गराएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको खानी तथा भूगर्भ विभागका भरत कोइरालाले बताए ।
भूकम्पको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। विवरण स‌ंकलनको काम गरिरहेको स्थानीय प्रशासनको भनाइ छ । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिकै पर्दछ ।
ठूलो धक्का महसुस भएको र क्षति भए/नभएको बारेमा बुझ्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले बताए ।