७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा क्षेत्र
_8uu8TFtk4j_1a8opt2crpx2cnnwtdmny1e0afakm8krxwk0ys1ovkyc5nuejcmcr85yo3ny_WoG487hbeb_5umjz04eu35ch28hucsdsuttt6mmpsgjzzrfikrptss1iiqmwfocf5kwcrxz.jpg)
काठमाडौँ, २३ पुस । काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा भएको अनुमान गरिएको छ ।
आज बिहान ६ः५० बजे भूकम्पको धक्का महसुस गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार सो क्षेत्रमा सात रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।