आइतबार ०३ चैत, २०८१

शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म ३२ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने अनुमान

शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म ३२ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने अनुमान

काठमाडौं, २३ पुस । चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको ज्यान गएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।

सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ ।

केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर नेपाली समय अनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको  भूकम्प  गएको हो ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय निकायले क्षतिबारे बुझ्ने काम गरिरहेको  बताएका  छन्  ।