चिसो बढदै गएपछि बारा र पर्साका विद्यालयमा स्थानीय पालिकाले दिए बिदा

चिसो बढदै गएपछि बारा र पर्साका विद्यालयमा स्थानीय पालिकाले दिए बिदा

रौतहट, २३ पुस । बारा र  पर्साका  स्थानीय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका सहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएको छ । बाराको दुई पालिकाले पनि बिदा दिएको हो । 

बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको सूचनामा उल्लेख छ । करैयामाई गाउँपालिकाको निर्णय अनुसार तीन दिनका लागि शैक्षिक संस्था बन्द रहने भएको छ ।

चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको करैयामाई गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । 

अत्यधिक चिसोले सुवर्ण गाउँपालिकाले  २६ गते सम्म बिधालयहरुमा बिदा दिएको सूचनामा उल्लेख छ । पर्साको बिरगंज महानगरपालिकाले विद्यालयहरूमा तिन दिनका लागि जाडो बिदा दिएको जनाएको छ ।

विगत केही दिनदेखि बढेको चिसो र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले बाल बालिकाको स्वास्थ्यको ख्याल गर्दै  बर्षे बिदा बाट कट्टा हुने गरि जाडो बिदा दिइएको उल्लेख गरेको छ ।