संविधान संशोधन ०८७ मात्रै हुन्छ: प्रधानमन्त्री ओली
काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्नेत्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने उल्लेख गरेका हुन् ।
‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर, ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘८३ साल होला’ भनेका थिए । यद्यपी, प्रधानमन्त्री ओलीले दोहोर्याएर भने, ‘मैले ०८७ सालमै भनेको ।’
संसदको समीकरणका कारण संविधान संशोधन ०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान गरेका बैठकमा सहभागी एक नेताले बताए ।
‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं । तर राष्ट्रिय सभाका कारण संभव भइरहेको छैन, संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’ ओलीले भने ।