‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाडौं, २४ पुस । मुक्तिनाथ म्युचुअल फन्ड १ को एक करोड २५ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गतको मुक्तिनाथ म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिइकाइ १० रुपैयाँअंकित दरमा सोमबार सूचीकृत भएको कम्पनीले जनाएको छ । इकाइ सूचीकरणसम्बन्धी सम्झौतामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सञ्चालक–प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

यो योजना बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।