विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

काठमाडौं, २४ पुस  । रौतहट प्रहरीले अदालतबाट  कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्लाप्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोजतलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार यहि पुस २३ गते अदालतको  फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको छ । 

पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए । जालसाजी मुद्दामा हुलास दास तत्मा, दीपलाल दास, जयलाल दास तत्मा, अखिलेन्द्र कुमार, सुखलाल महरा, फेकु महरा चमार , प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनरपतियातात्मिनी र बिजयदास तत्मा रहेको उनले बताए । 

लेनदेन मुद्दाका आरोपी रामप्रवेश साह तेलि र राजकुमार साहलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए ।

कुटपिटमा बेनी राय , टैट राय चोरीमा हरि शंकर राययादव चोरी तथाडाँकामा हरि शंकर राययादव, सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।