पूर्णबहादुर खड्कालाई कांग्रेस–एमाले संयन्त्रको संयोजनको जिम्मा
काठमाडौं, २५ पुस । प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमाले सम्मेलित संयुक्त संयन्त्रको संयोजनको जिम्मेवारी पुनः कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
सरकारका काम प्रभावकारी बनाउन कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र गठन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चाररचार जना सदस्य रहेका छन् ।
उक्त संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
गत कातिक २१ गते संयन्त्रको पहिलो बैठक बसेको थियो ।बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एकरएक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।
निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।
त्यसयता पुनः कांग्रेस उपसभापति खड्काले संयोजन गर्न थालेका छन् ।