१४९.११ ग्राम अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट २ युवती पक्राउ

१४९.११ ग्राम अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट २ युवती पक्राउ

काठमाडौं, २५ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले समातेको छ । 

बुधबार दिउँसो भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ पक्राउ परेका छन् । 

प्रहरीले दोहाबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।