महुली लघुवित्तका सेयरधनीको हात खाली, यसपटक लाभांश वितरण नगर्ने
काठमाडौं, २५ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस बर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
लघुवित्तको सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको बताइएको छ ।