समता घरेलु लघुवित्तको लाभांश घोषणा

समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौं, २५ पुस । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।