प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं, २५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो भएको भेटवार्ताका क्रममा दुई पार्टीका शीर्ष नेताहरूको सहभागी भएका थिए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालसहितका नेताहरुपनि छलफलमा सहभागी थिए ।

उक्त भेटका क्रममा नेताहरुबीच समसामयिक राजनीतिक र संविधान संशोधनका एजेण्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।