काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु
काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले गत बिहीबार लामिछाने सहित ७ जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछाने धरौटीमा रिहा भएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारलाई जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत हाजिर भएका हुन् ।
रविविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पनि मुद्दा दायर गरिएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत उपस्थित भएका हुन् ।