रविलाई अदालतबाट प्रहरी हिरासत लगियो

रविलाई अदालतबाट प्रहरी हिरासत लगियो

 काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा लगिएको हो ।

उनलाई केहीबेर अघि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । प्रहरी स्रोतका अनुसार, उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने छ ।

सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।