सिंहदरबारमा विपक्षी दलको बैठक जारी

सिंहदरबारमा विपक्षी दलको बैठक जारी

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलहरूको बैठक जारी रहेको छ ।

बिहान ९ बजेबाट सुरु भएको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको बताइएको छ । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।