माघ महिनाका लागि कुन बैंकले कति निर्धारण गरे ब्याजदर ?

माघ महिनाका लागि कुन बैंकले कति निर्धारण गरे ब्याजदर ?

काठमाडौं, २ माघ । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर कायम गरेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राख्ने जनाएका छन् । 

नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५.५ प्रतिशत कायम गरेको हो ।

यस्तै, कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको हो । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबी र एनआईसी एसिया छन् । दुवै बैंकले ६।६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।

आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ ।