हिमालयन बैंकको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न

हिमालयन बैंकको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २ माघ । हिमालयन बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले बैक तथा यसका सहायक कम्पनी सहितको आ.व. २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको जनाएको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले शेयरधनीलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए ।

आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रबलीकरण पश्चात् ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनस् भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए । यसका साथै बैकले नयाँ सडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य  प्रारम्भ गरिसकेको जानकारी गराए ।

बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान सङ्कुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा एक अर्ब २३ करोड ८३ लाख तीन हजार रहेको र अन्य सञ्चालन आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड ३९ लाख एक हजार रहेको जस मध्ये अनिवार्य जगेडाकोमा यो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्टाइएको जानकारी दिए ।

यसैगरी बैकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रुपैयाँ रहेको जानकारी गराए । बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति तीन दशमलव १४ प्रतिशतले वृद्धि भई क्रमशः तीन खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधीनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले दुई अर्ब ८८ करोड ५४ लाख मात्र  सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा एक अर्ब २३ करोड ८३ लाखमा सीमित भएको जानकारी दिए । 

समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार रूपैयाँ कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रूपैयाँ असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास दिलाए ।

बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफ्ना शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांशको रूपमा आकर्षक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष सो लाई निरन्तरता दिन नसकेकोमा दुस्ख व्यक्त गर्दै कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शीर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी  आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने कुरामा जोड दिए ।