एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं, २ माघ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने जनाएको छ ।
बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको जनाएको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने बताइएको छ ।