नेपाल बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

नेपाल बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं, २ माघ । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने जनाइएको छ ।