बलेफी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, अब करिब १८ लाख कित्ता सेयर लिलामीमा आउने

काठमाडौं, २ माघ । बलेफी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । कम्पनीले पुस २८ गते शेयर बाँडफाँड गरेको हो ।
कम्पनीका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने ५३ हजार ५७ जना लगानीकर्तामा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको छ। अब कम्पनीले हकप्रदमा बिक्री नभएको १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाममा ल्याउने छ।
कम्पनीले मङ्सिर २७ गतेदेखि पुस १७ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।