सल्लाघारी र सुकेधारामा एमजीको सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं, २ माघ । एमजी मोटर्सले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको जनाएको छ ।
एमजी मोटरको नेपालका लागि एकमात्र अधिकृत वितरक पारामाउण्ट मोटर्सले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा अत्याधुनिक सर्भिस सेन्टर मंगलबारदेखि संचालनमा ल्याएको जनाएको हो ।
कम्पनीका अनुसार, यसअघि ललितपुरको कुसुन्ती आफ्नो पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको थियो । हिजोदेखि संचालनमा आएका दुवै सर्भिस सेन्टरमा ग्राहकहरूको सहुलियत र सुविधाका लागि अत्याधुनिक डायग्नोस्टिक र मर्मतका लागि उच्च दक्ष प्राविधिकहरु उपलब्ध हुनेछन् ।
सुकेधारा र सल्लाघारीमा संचालनमा ल्याइएका नयाँ सर्भिस सेन्टरबाट एमजीका ग्राहकको सेवालाई झनै सरल र सुलभ बनाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।