राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरूमाथि छलफल गरि पारित गरेको हो  ।  

अध्यक्ष ढुङ्गानाले बैंकले समयानुकूल नीति तथा कार्यविधिहरूमा परिमार्जन गर्दै प्रविधिमा आधारित उच्चस्तरीय सेवा प्रवाह गर्न प्राथमिकता दिइरहेको बताए । साथै उनले बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा टेकेर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने बैंकको नीतिबारे जानकारी गराए । 

साधारण सभामा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू र सर्वसाधारण शेयरधनीहरूको उपस्थिति थियो। सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि शेयरधनीहरूले टिप्पणी गर्दै बैंक सुधारका लागि सुझाव राखेका थिए। ती जिज्ञासा र टिप्पणीको जवाफ अध्यक्ष ढुङ्गानाले दिए। 

सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे र प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायत शीर्ष व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।

बैंकका सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले साधारण सभा सफलतापूर्वक सम्पन्न भएको बैंकले जनाएको छ । बैंकले हाल ७ प्रदेशका ७७ जिल्लाका सदरमुकाममा २९४ शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटीएम र ९९ शाखारहित बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।