स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: सकियो रवि लामिछाने पक्षका वकिलको बहस

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: सकियो रवि लामिछाने पक्षका वकिलको बहस

काठमाडौं, २ माघ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जाडिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ । 

यसअघि सोमबार लामिछानेविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट अधिवक्ताहरूले बहस गरेका थिए । आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् । 

उनीहरूले रविलाई छाड्नुपर्ने तर्कसहित इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय भएकाले सवा २ बजेबाट पुनः इजलास सुरु हुनेछ ।

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा छुटेका लामिछाने गत आइतबार आफैं अदालतमा हाजिर भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।