बेलायत भ्रमणमा रहेका कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

बेलायत भ्रमणमा रहेका कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

लन्डन, २ माघ ।  बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भुमिका खेलेका अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिए । कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए ।

तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।