समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

काठमाडौं, २ माघ । नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले काठमाडौंमा भव्य आमसभा गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

‘आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौं भन्ने हामीले निर्णय गरेका छौ,’- बैठकपछि निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।