राष्ट्रपतिद्वारा थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई गणतन्त्र क्यूवा, धनबहादुर ओलीलाईलाई भियतनाम र निर्मल राज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
क्यानाडाका लागि भरतराज पोखरेल, थाइल्याण्डका लागि धनराज ओली र ब्राजिलका लागि निर्मलराज काफ्ले आवासीय राजदूत हुन् ।