यस्तो छ रविलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश (पूर्णपाठ)
काठमाडौं, २ माघ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
उक्त आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्रै रिहा भएका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी थुनामा रहेका थिए ।
यस्तो छ जिल्ला अदालत काठमाडौंको आदेशको पूर्णपाठ :