नविकरण प्रतिष्ठानलाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं, ३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि निरन्तर रूपमा अनाथ बालबालिकाहरूका लागी काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नविकरण प्रतिष्ठान नेपाल) लाई सहयोग गरेको छ ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करीब ४५ जना बालबालिकाहरूले आश्रय लिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर डिस्पेन्सर उपलब्ध गराएर सहयोग गरेको हो।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। पोखरेलले ठूलो उद्देश्यले स्थापित यस संस्थालाई सानो सहयोग भएपनि गर्न पाउँदा आफूलाई धेरै खुशी महसूस भएको बताए। यस प्रकारको संस्थाहरूले अनाथ बालबालिकाको हेरचाह र शिक्षाको लागि समाजमा उदाहरणीय काम गरिरहेको पनि बताए।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ भने मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको बताएको छ ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।