सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाडौं, ३ माघ  । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाइदिएको छ ।

बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही लाभांश बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट जम्मा गर्न सुरु गरेको जानकारी दिएको छ ।

त्यसैगरी, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।