‘सानिमा फ्लेक्सी फन्ड’ले पायो निष्कासन अनुमति
काठमाडौं, ३ माघ । नेपाल धितोपत्र बोर्डले सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना) लाई सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न अनुमति दिएको हो । यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।