५ अर्बको प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता स्वीकृत
काठमाडौं, ३ माघ । पुस महिनामा ३५ आयोजनाका लागि ४ अर्ब ९९ करोड ९१ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता स्वीकृत गरेको सरकारले जनाएको छ ।
यसमध्ये कागजी प्रक्रियामार्फत ४ अर्ब ७४ करोड ७७ लाख र अटोमेटिक रुटबाट २५ करोड १४ लाख रुपैयाँबराबरको प्रतिवद्धता स्वीकृत भएको हो ।
सरकारबाट स्वीकृत प्राप्त गरेका आयोजनाबाट १ हजार ७१ जनालाई रोजगारी प्रदान हुने उल्लेख छ । स्वीकृत प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी साना उद्योगतर्फ ३३, मध्यमतर्फ १ र ठूलो उद्योगतर्फ १ रहेका छन्।
स्वीकृत प्राप्तमध्ये सबैभन्दा बढी अर्थात ६६ प्रतिशत पर्यटकीय क्षेत्र छन् । त्यसपछि सेवा, खानी, प्रविधि, कृषिलगायतका क्षेत्रको पूर्वाधार विकासका लागि प्रतिवद्धता आएको बताइएको छ ।