खानीखोला हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं, ४ माघ । खानीखोला हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ ३० गते साधारणसभा बोलाएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।