शृजनशील लघुवित्तको साधारणसभा आह्वान

काठमाडौं, ४ माघ । शृजनशील लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ २७ गते सिराहाको गोलबजार स्थित पावन मिथिला होटेलमा साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको साधारणसभामा मर्जरमा जाने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।