ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने
_mwoy263JUF_wiwwfjxnnehjwwb3ngfwxoxp82gwexurl7q6qukdpqlwc20etygytotersrr_7jayGZxfR9_bxpkommuzfaiuscljojllzf0bivkjgcymwhefjpplzutshzomtdd60vmnlki.jpg)
बेइजिङ, ४ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।
गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएको हो ।
ट्रम्पले सपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो । -रासस