प्रमुख प्रतिपक्षी दलसहित विपक्षीले भने- तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौं
काठमाडौं, ४ माघ । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । सरकारले तत्काल अधिवेशन नबोलाए आफूहरू विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूले जानकारी दिएका छन् ।
नयाँ बानेश्वरस्थित शुक्रबार ल्होत्से हलमा आयोजित पत्रकारमा विपक्षी दलहरूले उक्त कुरा बताएका हुन् । ‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ संयुक्त वक्तव्य सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।
उनले सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग गर्ने जानकारी उनले जानकारी गराए ।
‘सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौं,’ विपक्षी दलहरूको वक्तव्यमार्फत जनाइएको छ ।