चार महिनापछि सुदूरपश्चिम प्रदेश सभाको बैठक

चार महिनापछि सुदूरपश्चिम प्रदेश सभाको बैठक

काठमाडौं, ६ माघ । सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बसिरहेको छ ।

गत ६ असोजमा प्रदेश सभाको बैठक बसेको थियो । यद्यपी, त्यसयता बैठक बस्न सकेको थिएन । चार महिनापछि बैठक बोलाइएको हो । 

बिहान ११ बजे बोलाइएको बैठक अहिले जारी छ । बैठकमा सभामुखले विशेष समय दिएका प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । 

यसैगरी, बैठकमा सभामुखले विषयगत समितिमा रहने प्रदेश सभा सदस्यको नामावली परिवर्तन सहमतिको प्रस्ताव पेस गर्ने, विशेषाधिकार समितिमा रहने सदस्यको प्रदेश सभा सदस्यको नामावलीबारे जानकारी गराउने र रिक्त रहेका विषयगत समितिका सभापति चयनको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिने लगायतका कार्यसूची रहेको बताइएको  छ ।