संसदको लेखा समितिको बैठक आह्वान

संसदको लेखा समितिको बैठक आह्वान

 काठमाडौं, ६ माघ । प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठक डाँकिएको छ । समितिका सचिव एकराम गिरीका अनुसार, समितिमा प्राप्त भएका उजुरीउपर छलफल गर्न समितिको बैठक बोलाइएको हो  ।

मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएकोउनले जानकारी दिए । समितिको यो ३४ औं बैठक हो ।

‘समितिमा प्राप्त उजुरीहरूको छलफलका लागि मंगलबार बिहान ११ बजे बस्नेगरी लेखा समिति बैठक आह्वान भएको छ,’ समिति सचिव गिरीले भने ।

बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय लगायतका विषयमा पनि छलफल हुने उनको भनाइ छ ।