चार्जिङ स्टेशन निर्माणमा आक्रामक बन्दै एमएडब्लु वृद्धि, देशभर ८६ स्थानमा विस्तार

चार्जिङ स्टेशन निर्माणमा आक्रामक बन्दै एमएडब्लु वृद्धि, देशभर ८६ स्थानमा विस्तार

काठमाडौं, ६ माघ । एमएडब्लु ग्रुप चार्जिङ स्टेशन विस्तारमा निकै आक्रमक रुपमा अघि बढेको देखिएको छ । ग्रुप अन्तर्गतको एमएडब्लु बृद्धिले हाल ८६ स्थानमा डीसी फास्ट चार्जर नेटवर्क संचालन गर्दै आइरहेको छ । 

कम्पनीले संचालनामा ल्याएको यी सबै नेटवर्क सिसिएस–२ प्रकारको हो । जहाँ बिद्युतिय कारको साथै ईभी भ्यान समेत चार्ज गर्न सकिन्छ । एमएडब्लु बृद्धि हाल सबैभन्दा धेरै सिसिएस–२ टाइप डिसी फास्ट चार्जर नेटवर्क भएको नेपालकै पहिलो कम्पनी बनेको छ । यी नेटवर्क पूर्बको पाँचथरदेखी पश्चिममा बैतडीसम्म विस्तार गरिएका हुन् ।

कम्पनीले संचालनमा ल्याएको यी नेटवर्कमध्ये १९ स्थानमा ६० किलोवाट क्षमताको दुईवटा गन राखिएको छ भने बाँकी ६७ स्टेशनमा ४० किलोवाट क्षमताको एउटामात्रै गन उपलब्ध गराइएको छ । निकट भविष्यमै थप दुई दर्जन स्थानमा यस्तो नेटवर्क विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । 

हाल प्यासेन्जर कारमा दिपाल, नामी र सेरेस ब्रान्ड आयत गरी बिक्री गर्दै आएको छ भने कमर्सियलमा फोटोन र सोकोन ब्रान्डका ईभी भ्यान तथा माइक्रोवस उपलब्ध गराउँदै एमएडब्लु बृद्धिले बताएको छ । कारोबार गर्ने बिद्युतिय गाडीले नेपाली बजारमा एकपछि अर्को सफलता हात पार्दै गएपछि चार्जिङ नेटवर्क विस्तारमा समेत आक्रमक बन्दै गएको हो ।