सहारा चितवन सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

सहारा चितवन सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं, ७ माघ । चितवनको भारतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

चितवन जिल्ला अदालतबाट ७ मंसिरबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान थालेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

अनुसन्धान प्रतिवेदन गत शुक्रबार बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको बताइएको छ ।

यसअघि पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ बचतकर्ताको रकम अपचलन भएको निष्कर्षसहित मुद्दा अघि बढाइएको थियो । त्यतिबेला रास्वपा सभापति लामिछाने सहित १७ जनालाई प्रतिवादी बनाइएको थियो । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै रहेको छ । 

प्रतिवेदन अध्ययनपछि प्रहरीलाई थप अनुसन्धानमा निर्देशन दिनुपर्ने पनि हुनसक्ने भएकाले मुद्दा दर्ता कहिले हुन्छ भनेर यकिन गर्न नसकिने बताइएको छ ।