लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड
काठमाडौं, ७ माघ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९.७१ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७३ करोडबाट घटेर १ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ । जसकारण नाफामा सुधार आएको हो । यता, खुद ब्याज आम्दानी पनि ८.२७ प्रतिशतले घटेर ५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ६५ करोड थियो ।
चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको लक्ष्मी सनराइजको जगेडा कोषमा १७ अर्ब २८ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ३६ करोड ८५ लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी ९.५५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७२.५ रुपैयाँ रहेको छ । एनपीएल (नेट) भने बढेर २.११ प्रतिशतमा पुगेको छ ।