सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण
काठमाडौं, ७ माघ । सानिमा बैंकको पर्सागढी शाखाले पर्सागढी वडा नं ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र सोहीअनुसार उक्त सहयोग हस्तारण गरिएको हो ।
कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुबै विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्दै जाने जनाएको छ । सानिमा बैंकले सातै प्रदेशमा हाल सञ्चालनमा रहेका १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. सेवामार्फत ग्राहकहरुलाई सहज बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।