भीम रावललाई साथ दिने भन्दै एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी
काठमाडौं, ७ माघ । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् ।
रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि रावलले मातृभूमि जागरण अभियानलाई सुरु गरेका थिए । आज उनको अभियानलाई साथ दिने र एमाले परित्याग गर्ने भन्दै हस्ताक्षरविनाको एक विज्ञप्ति सार्वजनिक भएको छ । जहाँ एमालेका ५९ जना नेता–कार्यकर्ता नाम उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएका नाम :